Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

हिमालयन लाइफ इन्स्योरेन्सको १४% बोनस शेयर नेप्सेमा सूचीकृत

हिमालयन लाइफ इन्स्योरेन्सको १४% बोनस शेयर नेप्सेमा सूचीकृत

  •  

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १४ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले फागुन ११ गते पारित गरेको निर्णयअनुसार १ करोड १२ लाख २८ हजार ५३७ दशमलव ०४ कित्ता बोनस शेयरहरू जेठ १ गते नेप्सेमा सूचीकृत गरिएका हुन्।

    यी शेयरहरू आइतवार (जेठ ४ गते) देखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। तर, सम्बन्धित शेयरधनीहरूले बोनस शेयर आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र खरीद–बिक्री गर्न पाउनेछन्।

    कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार, माघ २४ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र १४५ बोनस शेयर प्राप्त गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij