Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

एनएलजी इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २९ गते, २.५०% बोनस सेयर प्रस्ताव

एनएलजी इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २९ गते, २.५०% बोनस सेयर प्रस्ताव

  •  

    काठमाडौं । एनएलजी इन्सुरेन्सले आगामी जेठ २९ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा आम्रपाली ब्यांक्वेट, चिरबम सडक, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, र नगद प्रवाहसम्बन्धी छलफल गरिनेछ। साथै, २.५० प्रतिशत बोनस सेयर र ०.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि एजेन्डामा रहेको छ।

    कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति जेठ २२ गते निर्धारण गरेको छ। तसर्थ, जेठ २१ गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij