Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

नाडेप लघुवित्तको वार्षिक साधारण सभा जेठ २५ गते, लाभांश प्रस्ताव नहुने

नाडेप लघुवित्तको वार्षिक साधारण सभा जेठ २५ गते, लाभांश प्रस्ताव नहुने

  •  

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी जेठ २५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा ट्रिपल क्राउन रिसोर्ट, गलौदी-४, धादिङमा बिहान १०ः३० बजे सुरु हुनेछ।

    सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणहरूमा छलफल गरी पारित गरिनेछ। साथै, सेयर संरचना परिवर्तन सम्बन्धमा प्रस्ताव पेश गरिनेछ।

    त्यसैगरी, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण निर्णयको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

    यद्यपि, यसपटक कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नगर्ने निर्णय गरेको छ, जसका कारण सेयरधनीहरू लाभांशबाट वञ्चित हुनेछन्।

    सभा प्रयोजनका लागि बुक क्लोज मिति जेठ १२ गते तोकिएको छ। तसर्थ, जेठ ११ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij