
बुटवल । भ्रष्टाचारसम्बन्धी विषयको छानबिन गर्न भ्रष्टाचारमा विवादित सांसद मञ्जु खाँणको संयोजकतत्वमा समिति गठन भएको छ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी हुन् ।
आइतबार बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय लिएको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी सार्वजनिक गरेका छन् ।यसअघि उक्त उपसमितिको संयोजक सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई थिए । भट्टराई नेतृत्वको उपसिमितिले रूपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो ।
उपसमिति संयोजकका रूपमा आफूमाथि प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए ।त्यसपछि मञ्जु खाँण संयोजक तोकिएकी छिन् । उनी कांग्रेस पार्टीको बलियो समर्थन र सहयोगका कारण सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा पक्राउबाट जोगिएको पर्यवेक्षकहरूको भनाइ रहेको छ । उनका पति कांग्रेस नेता बालकृष्ण खाँण भुटानी शरणार्थीसम्बन्धी भ्रष्टाचार मुद्दामा पनि सत्ताधारी दलको संरक्षणबाट जोगिएको पर्यवेक्षकहरूको बुझाइ रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij