Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

नेपाल टेलिकमको नाफा तथा प्रतिसेयर आम्दानीमा उल्लेखनीय गिरावट

नेपाल टेलिकमको नाफा तथा प्रतिसेयर आम्दानीमा उल्लेखनीय गिरावट

  •  

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफामा उल्लेखनीय गिरावट आएको छ। कम्पनीको खुद नाफा ४८.६७ प्रतिशतले घट्दै २ अर्ब ८४ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो।

    आम्दानीतर्फ हेर्दा पनि कम्पनीले निराशाजनक प्रदर्शन गरेको छ। चालु वर्षको चैत मसान्तसम्म कम्पनीको कुल आम्दानी ०.६४ प्रतिशतले घटेर २५ अर्ब ३१ करोड रुपैयाँमा झरेको छ। यस अवधिमा वित्तीय आम्दानी ४६.०२ प्रतिशतले घट्दा कुल आम्दानीमा ८.८९ प्रतिशतको गिरावट आएको हो।

    कम्पनीको हालको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। यता, कम्पनीको नाफामा आएको गिरावटसँगै प्रतिसेयर आम्दानी  पनि घटेर २१.०५ रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ४१.०२ रुपैयाँ थियो। यद्यपि, यसको प्रतिसेयर नेटवर्थ भने अझै ५०३।९३ रुपैयाँमा कायम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij