Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डको स्वीकृति

पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डको स्वीकृति

  •  

    काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ। कम्पनीले बोर्डबाट जेठ २ गते स्वीकृति प्राप्त गरेको हो।

    स्वीकृति अनुसार, कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पाउनेछ। यसअनुसार, कम्पनीले १ बराबर ०.५० को अनुपातमा, कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गर्नेछ।

    शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। हकप्रद शेयर निष्कासनको प्रक्रिया र मिति कम्पनीले चाँडै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij