Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यस बिक्रीमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले आज, जेठ ६ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

    सेयर खरिदका लागि आवेदन लाजिम्पाट, काठमाडौंस्थित बैंकको सेयर शाखामा दिनुपर्नेछ, जहाँ इच्छुक व्यक्तिले खरिद गर्न चाहेको सेयरको संख्या खुलाइ आवेदन पेश गर्नुपर्नेछ। निर्धारित अवधिमा सेयर खरिद नगरेको खण्डमा, बैंकले सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij