Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा जेठ २८ मा

रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा जेठ २८ मा

  • काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडले आगामी जेठ २८ गते वार्षिक साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। सभा अनुपम फुड ल्यान्ड एन्ड ब्यांक्वेट प्रालि, बत्तीसपुतली, गौशाला, काठमाडौंमा बिहान ११:०० बजे सुरु हुनेछ।

    कम्पनीले चालू आर्थिक वर्षका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। लाभांश प्रस्ताव नभए पनि, कम्पनीको समग्र वित्तीय स्थिति र भावी योजनासम्बन्धी महत्त्वपूर्ण विषयहरूमा छलफल हुने कम्पनीले जनाएको छ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान विवरणसहितका अन्य वित्तीय विवरणहरू र अनुसूचीहरू माथि छलफल गरी स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश गरिनेछ।
    यदि अन्य कुनै बैंक वा वित्तीय संस्थासँग गाभिनु ९ःभचनभच० वा प्राप्त गर्नु ९ब्अत्रगष्कष्तष्यल० पर्ने अवस्था आएमा त्यससम्बन्धी सबै निर्णय सञ्चालक समितिले गर्न सक्ने अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति जेठ १४ तय गरेको छ। त्यसअर्थमा, जेठ १३ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा मतदान गर्न योग्य हुनेछन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij