Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता आईपीओका लागि अनुमति माग्यो

अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता आईपीओका लागि अनुमति माग्यो

  • काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ। कम्पनीले वैशाख २२ गते बोर्डमा निवेदन दिएको हो भने सेबोनले उक्त निवेदनको विवरण जेठ ५ गते आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ।कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा जम्मा ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो। उक्त आईपीओको निष्कासन तथा विक्री व्यवस्थापनको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडलाई दिइएको छ।हालै सेबोनले नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका १४ वटा कम्पनीहरूको आईपीओ आवेदन अस्वीकार गरेको छ। ती कम्पनीहरूको नाम वेबसाइटबाट हटाइएको छ।

    तर, यस्तो कडाइबीच अर्बिट इनर्जी लिमिटेडको आवेदन भने स्वीकार भएको देखिन्छ, जसले कम्पनीको प्रति शेयर नेटवर्थ निर्धारित मापदण्ड अनुरूप रहेको संकेत गर्छ।अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लामा दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। तीमध्ये, एक सभाखोला बी (२१.६ मेगावाट) र अर्को सभाखोला सी (६.३ मेगावाट) आयोजना हुन्। दुवै आयोजना हाल आधा भन्दा बढी निर्माण सम्पन्न भइसकेका छन्।कम्पनीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको समेत लगानी रहेको छ, जसले आयोजना तथा कम्पनीको वित्तीय पृष्ठभूमिलाई थप बलियो बनाउने विश्वास गरिएको छ। आयोजना प्रगति सँगसँगै अर्बिट इनर्जीले पूँजी संकलनका लागि आईपीओ प्रक्रिया अघि बढाएको हो।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij