
काठमाडौं । बैतडी केन्द्रविन्दु भएर आज बिहानपख बैतडीको खलंगा आसपास भूकम्प गएको छ । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको हो ।
मस्त निद्रामा परेका बेला आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए ।भूकम्पले क्षति पुगे/नपुगेकोबारे स्पष्ट भइसकेको छैन ।जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij