Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

दोर्दी खोला जलविद्युत लिमिटेडले हकप्रदमा बिक्री नभएका सेयर लिलामीमार्फत बिक्री खुला

दोर्दी खोला जलविद्युत लिमिटेडले हकप्रदमा बिक्री नभएका सेयर लिलामीमार्फत बिक्री खुला

  •  

    काठमाडौं ।दोर्दी खोला जलविद्युत लिमिटेडले आज जेठ ११ गते, आइतबारदेखि हकप्रदमा बिक्री नभएका १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमार्फत बिक्रीका लागि खुला गरेको छ।

    लिलामीमा राखिएको सेयरमध्ये १२ लाख ८५ हजार ४१ कित्ता संस्थापक समूह र १ लाख ६५ हजार ९५६ कित्ता सर्वसाधारण समूहको सेयर रहेको छ। यी दुवै समूहका सेयरहरूको लक–इन अवधि असार ७ गते सकिनेछ।

    यस अतिरिक्त, सर्वसाधारण समूहकै लक–इन अवधिमा नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि लिलामीमा राखिएको छ।

    लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताहरूले न्यूनतम १०० रुपैयाँ आधार मूल्य राखी प्रतिस्पर्धात्मक शिलबन्दी बोलपत्रमार्फत सहभागी हुन सक्नेछन्। इच्छुक व्यक्ति, कम्पनी, संघ, वा संस्थाले जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

    यस लिलामी बिक्रीको व्यवस्थापन सानिमा क्यापिटल लिमिटेडले गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij