Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

कुमारी धनबृद्धि योजनाको नाफा ९ करोड नाघ्यो, वैशाखमा आम्दानी वृद्धि

कुमारी धनबृद्धि योजनाको नाफा ९ करोड नाघ्यो, वैशाखमा आम्दानी वृद्धि

  • काठमाडौं ।कुमारी धनबृद्धि योजनाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ९ करोड ४१ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ। यो योजना चैत मसान्तसम्म ८ करोड ४२ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको थियो, जुन तुलनामा वैशाखमा उल्लेख्य वृद्धि हो। आम्दानीको दर बढेपछि नाफा पनि सोही अनुपातमा वृद्धि भएको हो।

    चैत मसान्तसम्म १० करोड ३१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले वैशाख मसान्तसम्म ११ करोड ५१ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ। आम्दानीसँगै खर्चमा पनि केही वृद्धि देखिएको छ। अघिल्लो महिनामा १ करोड ८८ लाख रुपैयाँभन्दा बढी खर्च गरिएकोमा, वैशाखमा त्यो बढेर २ करोड ९ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

    २०७९ साल असार ३ गतेदेखि सञ्चालनमा आएको यो योजना १० वर्षे बन्दमुखी स्वरूपको हो। १२ करोड २५ लाख ७ हजार २५९ इकाई जारी गरिएको योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य  वैशाख मसान्तसम्म ११ रुपैयाँ ३२ पैसा कायम भएको छ, जुन चैतमा ११ रुपैयाँ २४ पैसा थियो।

    योजनाले धितोपत्रमा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी परलमूल्यमा लगानी गरेको छ, जसको कुल बजार मूल्य १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यस महिनामा योजनाले बैंकको मुद्दती निक्षेपमा भने कुनै नयाँ लगानी गरेको देखिँदैन।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij