Logo

May 25 2025 | २०८२, जेठ ११गते

May 25 2025 | २०८२, जेठ ११गते

images

सान्भि इनर्जीको आइपीओमा अत्यधिक आकर्षण : हालसम्म १ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको आवेदन

सान्भि इनर्जीको आइपीओमा अत्यधिक आकर्षण : हालसम्म १ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको आवेदन

  •  

    काठमाडौँ । सान्भि इनर्जी लिमिटेडले जारी गरेको आइपीओमा हालसम्म उल्लेखनीय उत्साह देखिएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, आइतबार (जेठ ११ गते) साँझ  बजेसम्म १३ लाख १० हजार ५६४ जना सर्वसाधारण लगानीकर्ताहरूले १ करोड ६३ लाख ९ हजार ९८० कित्ता सेयरका लागि आवेदन दिइसकेका छन्, जसको कुल मूल्य १ अर्ब ६३ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबर पर्छ।

    कम्पनीले जेठ ९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ हुन्छ। सर्वसाधारण लगानीकर्ताका लागि यो आइपीओमा आवेदन दिने अन्तिम म्याद जेठ १३ गतेसम्म रहेको छ। अझै दुई दिन समय बाँकी रहेकोले, मागभन्दा धेरै आवेदन पर्ने प्रबल सम्भावना देखिएको छ।

    यसअघि, सान्भिले आयोजना प्रभावित स्थानीयवासीहरूका लागि ८ लाख ८० हजार कित्ता सेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार कित्ता सेयर बिक्री गरिसकेको छ। सर्वसाधारणले भने सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    कम्पनीले प्राप्त गरेको क्रेडिट रेटिङका अनुसार, केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई ुकेयर एनपी डबल बी प्लसु इस्यूअर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। यो रेटिङ २०८१ पुस ११ गते प्रदान गरिएको हो र २०८२ फागुन १५ गतेसम्म मान्य रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij