Logo

May 28 2025 | २०८२, जेठ १४गते

May 28 2025 | २०८२, जेठ १४गते

images

माओवादीसँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीको एकता

माओवादीसँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीको एकता

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०सँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीले एकता गर्ने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको कार्यालयको बैठकले ती दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
     
    सोही निर्णयबमोजिम आजै गङ्गानारायण श्रेष्ठ नेतृत्वको समाजवादी पार्टी र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग एकता हुनेछ ।
     
    बैठकले सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरू भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान प्रभावकारी बनेको निष्कर्ष निकालेको छ । गण्डकी प्रदेशको कास्कीमा पुगेपछि पहिलो चरणको अभियान सम्पन्न जानकारी दिँदै प्रवक्ता सापकोटाले अब छिट्टै पोखराबाट पूर्वतर्फ अभियान सुरू हुने बताउनुभयो ।
     
    “यो अभियान निकै नै प्रभावकारी भएको छ । जनताको उपस्थिति, आकर्षण गुणात्मक ढङ्गले बढिरहेको छ”, उहाँले भन्नुभयो, “अभियानले राष्ट्रिय एकता, जनतन्त्र, जनजीविका, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ सश्लेषण गर्न मजबुद आधार तयार गरेको छ ।”
     
    माओवादीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको ‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयको नेतृत्व पनि जोडिएको विषय सार्वजनिक भएकाले मार्गप्रशस्त गरी छानबिनमा सहयोग गर्न आग्रह गरेको छ । “स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रश्स्त गर्नुपर्ने निष्कर्ष निकालेको छ”, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij