Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

सगरमाथा जलविद्युतलाई १००% हकप्रद सेयर बिक्री गर्न स्वीकृति

सगरमाथा जलविद्युतलाई १००% हकप्रद सेयर बिक्री गर्न स्वीकृति

  •  

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले हाल कायम १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजीको आधारमा १स्१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ।

    आयोगको स्वीकृति पश्चात् अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर जारी गर्न निवेदन पेश गर्नेछ। बोर्डले स्वीकृति प्रदान गरेपछि मात्र औपचारिक रूपमा हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्नेछ।

    यस हकप्रद सेयर बिक्रीबाट कम्पनीले पुँजी विस्तार गरी आयोजना निर्माण र वित्तीय सुदृढीकरणमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ। लगानीकर्ताहरूका लागि यो थप लगानीको अवसरका रूपमा समेत हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij