Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

हिमालयन रिइन्सुरेन्सको साधारण सभा जेठ २५ मा, ४.७५%लाभांश प्रस्ताव

हिमालयन रिइन्सुरेन्सको साधारण सभा जेठ २५ मा, ४.७५%लाभांश प्रस्ताव

  • काठमाडौं । हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडले आगामी जेठ २५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

    कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद गरी कुल ४.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव गर्नेछ। उक्त प्रस्ताव साधारण सभामा पारित गरिनेछ।

    साथै सभामा आर्थिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्च, अन्य खर्चहरूको अनुमोदन, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावहरू पनि पेस गरिनेछन्।

    सभामा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि समावेश गरिएको छ।

    कम्पनीले सभा प्रयोजनका लागि जेठ ११ गते बुक क्लोज गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij