Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

भारतीय पर्यटकले सवा चार लाख नगद स्थलमार्गबाट ल्याउने व्यवस्थाले व्यवसायी उत्साहित

भारतीय पर्यटकले सवा चार लाख नगद स्थलमार्गबाट ल्याउने व्यवस्थाले व्यवसायी उत्साहित

  • काठमाडौँ । पर्यटन व्यवसायीहरू  नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई ४ लाख २५ हजार भारतीय रूपैयाँसम्म नगद ल्याउन बाटो खोलिएबाट उत्साहित भएका छन् ।पर्यटन व्यवसायीहरूले यो बजेट मार्फत आफूहरूको वर्षौदेखिको माग पूरा गरेको बताएका हुन् ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  सदनमा वाचन गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटको बुँदा नम्बर ४०५ मा हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन पाउने र त्यसभन्दा बढी रकम स्वघोषणा गरी ल्याउन सकिने व्यवस्थालाई सहजीकरण गर्ने घोषणा गरिएको छ ।

    ‘हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने र सोभन्दा बढी भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिनेछ,’ बजेटमा  जनाइएको छ ।यसअघि भएको सो  पाँच हजारको सीमामा भारतीयहरूको ल्याइएकाले पर्यटक व्यवसायी उत्साहित भएका हुन् । 

    अन्य देशको नागरिकलाई ५ हजार डलर बराबरको विदेशी मुद्रा ल्याउन पाउने सुविधा भए पनि नेपाल–भारत स्थलमार्ग सीमाबाट आउने यात्रुलाई यो सुविधा नभएकाले व्यवसायीहरूलाई प्रोत्साहित बनाएको हो ।बजेको यो व्यवस्थाले हालको २५ हजार भारूको सीमालाई फराकिलो बनाउँदै भारतीय पर्यटकलाई ५ हजार डलर बराबर (लगभग ४ लाख २५ हजार भारू वा ६ लाख ८० हजार नेपाली रुपैयाँ) ल्याउन सहज बनाउन खोजिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij