
काठमाडौँ । आरोप लगाउने बित्तिकै राजीनामा दिनुपर्ने थिति बसाए राजनीति र राज्य संकटमा फस्ने कतिपय विज्ञहरूले बताएका छन् । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकको राजीनामा मागको विषयलाई लिएर कतिपय पर्यवेक्षकहरूले यस्तो बताएका हुन् । हो होमा कोहोलो मच्चाउने सार्वजनिक सञ्जालको अपुरो धारणाले गर्दा लेखकको राजीनामा माग गर्न खोजिएको उनीहरू बताउँछन् ।
तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन अघि बढाउन प्रमुख राजनीतिक दलहरु सहमत भएका थिए । उनका विरुद्ध प्रहरीमा ऊजुरी परेको थियो । र पो लेखकले रवि लामिछानेले अनुसन्धानमा सहजताका लागि राजीनामा माग गरेका थिए ।
अहिले पक्राउ परेका कर्मचारीले भनिदिँदैमा राजीनामा दिनुपर्ने अवस्था आएको देखिएको उनीहरू बताउँछन् ।
गृहमन्त्री लेखक आफैले पनि यस्तै बताइरहेका छन् । लेखकले भने अनुसार संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा कानूनी प्रक्रिया अघि बढ्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने अहिले कारागारमा छन् । उनले हजारौै नागरिकको रकम हिनामिना, अवचलन भएको सहकारी विषयमा संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा कानूनी प्रक्रिया अघि बढाउँदा रास्वपाका सभापति रविले अदालत चहार्दै आफ्नो संलग्ना नरहेको जिकिर गरिरहेका छन् । तर अदालतले उनलाई पुर्पपक्षका लागि कारागारमा राख्न भनिदियो । सर्वोच्च अदालतबाट पनि केही समयअघि उच्च अदालतको सो आदेश सदर गरिदिएको हो ।
यस्तोमा सबै भन्दा बढी राजीनामा माग गर्ने रास्वपा पार्टीका नेताहरूले लेखकका पुराना भनाइलाई सामाजिक सञ्जालको सतहमा चलाइ रहेका छन् । अन्य प्रतिपक्षी राजनीतिक दलका नेताहरूको राजनीतिक धर्म सत्तापक्षी नेतालाई घेरामा हाली राजनीति गर्नु हुन्छ । यस्तोमा बिना कुनै ऊजुरी आरोपको भरमा राजीनामा गर्ने चलन चलाउँदा विधिको शासनको प्रतिकूल हुने विधि चलन जाने पर्यवेक्षकहरू बताउँछन् ।
गृहमन्त्री लेखक भन्छन् ,‘ म मन्त्री हुँदैमा मैले न्याय पाउनु पर्ने हुँदैन र ? भ्रम फैलाएर मलाई घेरामा पार्ने पूर्वाग्रही षडयन्त्र भइरहेको छ । नियोजित आक्रमण गरिएको छ । यसअघि गृहमन्त्री रहेका बेला रविजी विरुद्ध ऊजुरी परेको थियो । यस्तो आरोपकै भरमा राजीनामा गराउने कार्य गर्न थालिए कुनै पनि पार्टीका कुनै पनि नेता पदमा बस्न सक्ने स्थिति बन्दैन् । कसैले आरोप लगायो उ पदबाट राजीनामा दिनुपर्ने हुन्छ ।’
भिजिट भिसामा रोजगारीका लागि मात्रै नभई राष्ट्र प्रमुखदेखि आम सर्वसाधारणहरु भ्रमण, विभिन्न कार्यक्रमको सिलसिलामा समेत मुलुक बाहिर जाने गर्छन । तर अहिलेको प्रकरणमा भिजिट भिसालाई मानव तस्करी जस्तो गम्भीर अपराधसित जोडेर अन्तरराष्ट्रिय स्तरमै मुलुकको छवि धमिल्याउन काम भइरहेको उनको भनाइ छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij