Logo

Jun 04 2025 | २०८२, जेठ २१गते

Jun 04 2025 | २०८२, जेठ २१गते

images

राजसंस्था पुनः स्थापनाको मागमा घोषणा गरिएको उपत्यका बन्द कार्यक्रम फिर्ता

राजसंस्था पुनः स्थापनाको मागमा घोषणा गरिएको उपत्यका बन्द कार्यक्रम फिर्ता

  • काठमाडौं ।राजसंस्था पुनः स्थापनाको माग गर्दै नवराज सुवेदीको संयोजकत्वमा गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले जेठ १९ गतेका लागि घोषणा गरेको काठमाडौं उपत्यका बन्द कार्यक्रम फिर्ता गरेको छ।

    समितिले जारी गरेको दोस्रो विज्ञप्तिमा भनिएको छ, “जेठ १८ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्थामा उपत्यका बन्द कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ।”

    यसअघि समितिले आइतबार साँझ विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना नेता(कार्यकर्तालाई दमन गरेको भन्दै सोमबार उपत्यका बन्दको घोषणा गरेको थियो।

    तर, आइतबार निषेधित क्षेत्र तोडेपछि पक्राउ परेका राप्रपा नेपाल अध्यक्ष कमल थापा, सांसद दीपक सिंहसहित सात जना कार्यकर्ता रिहा भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी उपत्यका बन्दमा सहभागी नहुने स्पष्ट पारेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij