Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

राष्ट्र बैंकले बजारमा बढ्दो तरलता नियन्त्रण गर्न ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने

राष्ट्र बैंकले बजारमा बढ्दो तरलता नियन्त्रण गर्न ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता नियन्त्रण गर्न आज (सोमबार, जेठ १९ गते) ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दैछ। बैंक तथा वित्तीय संस्थाहरूबाट बोलकबोलमार्फत निक्षेप संकलन गरी बजारमा रहेको अधिक नगद प्रवाह खिच्ने उद्देश्यले यो कदम चालिएको हो।

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। राष्ट्र बैंकले २० दिन अवधिको लागि यो उपकरण जारी गर्न लागेको हो, जसको साँवा र ब्याज असार ८ गते भुक्तानी हुनेछ।

    ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिनेछ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ माग गर्न सक्नेछन् भने अधिकतम माग कुल निष्कासन रकमको ५ प्रतिशतभन्दा बढी नहुने गरी सीमित गरिएको छ।

    विगतमा पनि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि यस्ता उपकरण प्रयोग गर्दै आएको छ, र हालको आर्थिक परिप्रेक्ष्यमा यो कदमलाई मौद्रिक सन्तुलन कायम राख्ने प्रयासका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij