Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

शिखर इन्स्योरेन्सका १०% बोनस शेयर नेप्सेमा सूचीकृत

शिखर इन्स्योरेन्सका १०% बोनस शेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ। कम्पनीले फागुन १३ गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो।

    कम्पनीले बोनस शेयर सूचीकृत गरी दोस्रो बजारमा कारोबारका लागि खुला गरेको तीन महिनापछि सूचीकृत प्रक्रिया पूरा गरेको हो। यस अनुसार, सोमवार २६ लाख ८१ हजार ५१८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत गरिएको हो, जसको कारोबार मंगलवारदेखि सुरु हुनेछ।

    यद्यपि, सम्बन्धित शेयरधनीहरूले आफ्ना हितग्राही खातामा बोनस शेयर जम्मा भएपछि मात्र ती शेयर कारोबार गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij