Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

ट्रेड टावर लिमिटेडको आईपीओमा २.३३ अर्ब रुपैयाँ बराबरको आवेदन, मागको ७ गुणा बढी

ट्रेड टावर लिमिटेडको आईपीओमा २.३३ अर्ब रुपैयाँ बराबरको आवेदन, मागको ७ गुणा बढी

  • काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओमा अत्यधिक माग देखिएको छ। सीडीएससीका अनुसार, जेठ १९ गते साँझ ५:०६ बजेसम्ममा १९ लाख ६१ हजार ३९१ जनाले कुल २ करोड ३३ लाख ६० हजार ७० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो माग कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर संख्याको करिब ७.०९ गुणा बढी हो।

    कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर जेठ १४ गतेदेखि बिक्रीमा ल्याएको थियो। यो कम्पनीको कुल जारी पुँजीको ४८.६९६ प्रतिशत, अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको हो।

    यसमध्ये १० प्रतिशत सेयर — ३ लाख ९७ हजार १६९ कित्ता — वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएका थिए, जुन वितरण भइसकेको छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

    ट्रेड टावरको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्मका लागि आवेदन दिन सक्छन्। आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत दिन सकिन्छ।

    यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij