Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

निफ्राको ऋणपत्रमा आवेदन दिने समय एक दिन थप, अब जेठ २२ सम्म मौका

निफ्राको ऋणपत्रमा आवेदन दिने समय एक दिन थप, अब जेठ २२ सम्म मौका

  •  

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ऋणपत्रमा आवेदन दिने समयसीमा एक दिन थप गरिएको छ। अब सर्वसाधारणले यो ऋणपत्रमा बिहीबार, जेठ २२ गते सम्म आवेदन दिन सक्नेछन्। यसअघि आवेदन दिने अन्तिम म्याद आज ९जेठ २१० सम्म तोकिएको थियो।

    बैंकका अनुसार, भोटो जात्राका लागि जेठ १८ गते उपत्यकाभित्र सार्वजनिक बिदा परेकाले बिक्री अवधि एक दिन थप गरिएको हो।

    निफ्राले ५ अर्ब रुपैयाँ बराबरको ‘६५ निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ निष्कासन गरेको छ। प्रतिइकाई १,००० रुपैयाँ दरमा कुल ५० लाख इकाईमध्ये ३० लाख इकाई बैंकले संस्थागत लगानीकर्तामार्फत बिक्री गर्नेछ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। त्यसमा पनि १ लाख इकाई सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

    ७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। यसमा एनआइएमबी एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको भूमिकामा रहेको छ।

    न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिने यो ऋणपत्रमा इच्छुक लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर सफ्टवेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij