Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४०अर्ब उठाउँदै

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४०अर्ब उठाउँदै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले जेठ २१ गते ४० अर्ब रुपैयाँ उठाउन लागेको हो ।राष्ट्र बैंकले २१ दिन अवधिका  लागि उठाउन लागेको ४० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असार ११ गते फिर्ता पाउने जनाइएको छ ।  ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । साथै बहुब्याज दरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij