
काठमाडौँ । संविधानमा उल्लेख भएको मर्म र भावना अनुसार सरकारले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । गृहमन्त्री रमेश लेखकले उक्त विधेयकको मस्यौदा बनेर प्रक्रियामा अगाडि बढेको बताएका हुन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिए । उनका अनुसार गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै ऐन बनाउन लागिएको छ ।
उनले जनाए अनुसार गैरआवासीय नेपाली नागरिकता दिँदा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको संविधानको भावना अनुसार दिनुपर्छ । त्यो अनुसार गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij