Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

काठमाडौं महानगरपालिकाभित्र डिजेल र पेट्रोलबाट चल्ने आधाभन्दा बढी सवारीसाधन मापदण्ड विपरीत

काठमाडौं महानगरपालिकाभित्र डिजेल र पेट्रोलबाट चल्ने आधाभन्दा बढी सवारीसाधन मापदण्ड विपरीत

  • काठमाडौँ ।  काठमाडौं महानगरपालिकाभित्र डिजेल र पेट्रोलबाट चल्ने आधाभन्दा बढी सवारीसाधन मापदण्ड विपरीत चलिरहेको पाइएको छ । प्रदूषण परीक्षण गर्दा  गाडीहरूको अवस्था यस्तो देखिएको हो ।

    महानगरभित्र सञ्चालन भएका २ हजार ५ सय ३२ सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १ हजार ३०३ वटा अर्थात ५१.४६ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ ।

     सवारीसाधनको स्थलगत प्रदूषण परीक्षणको नतिजा अनुसार ६११ पेट्रोल गाडीको प्रदूषण परीक्षण गर्दा ९५ वटा अर्थात् १५ प्रतिशत बढी गाडी मापदण्ड विपरीत रहेको पाइएको काठमाडौँ महानगरले जनाएको छ ।  यस्तै १ हजार ९२१ डिजेल गाडीको प्रदूषण परीक्षण गर्दा १ हजार २०८ वटा अर्थात् ६२.८८ प्रतिशत गाडीको प्रदूषण मापदण्ड विपरीत रहेको पाइएको छ ।

    महानगरले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’, ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेर  सार्वजनिक सवारी साधनको प्रदूषण परीक्षण गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij