Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

कुमारी बैंकद्वारा ३१ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा, आवेदन खुला

कुमारी बैंकद्वारा ३१ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा, आवेदन खुला

  •  

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको ३१,९२८ कित्ता सेयर बिक्रीमा ल्याएको छ। बैंकले जारी गरेको सूचनाअनुसार, यस्ता सेयर खरिदका लागि हालका अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

    सेयर खरिदमा इच्छुक संस्थापक सेयरधनीहरूले आज (जेठ २५ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कुमारी बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी, काठमाडौंमा दिन सकिनेछ।

    बैंकका अनुसार, सेयरको मूल्य बिक्रेताले तोकेको दरअनुसार हुनेछ। तोकिएको समयावधिमा यदि हालका संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा, ती सेयरहरू अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने स्पष्ट गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij