Logo

Aug 11 2025 | २०८२, साउन २६गते

Aug 11 2025 | २०८२, साउन २६गते

images

सान्भि इनर्जीको आइपीओ बाँडफाँट सम्पन्न : २ लाख ४१ हजार बढीले पाए १० कित्ता सेयर

सान्भि इनर्जीको आइपीओ बाँडफाँट सम्पन्न : २ लाख ४१ हजार बढीले पाए १० कित्ता सेयर

  • काठमाडौं ।सान्भि इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सोमबार सम्पन्न भएको छ। गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

    नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार कुल २० लाख ४३ हजार २४९ जनाले आवेदन दिएका थिए, जसमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन स्वीकृत भएको छ।

    कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो।

    आईपीओको नतिजा निम्न वेबसाइट र एपमार्फत हेर्न सकिनेछ:

    • सान्भि इनर्जीको वेबसाइट
    • बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङको वेबसाइट
    • सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट: https://iporesult.cdsc.com.np/
    • मेरोसेयर एप

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij