Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने म्याद असार ६ गतेसम्म लम्बियो

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने म्याद असार ६ गतेसम्म लम्बियो

  •  

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएको खुलामुखी म्युचुअल फन्ड प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम मा आवेदन दिने समय थपिएको छ। अब यस स्कीममा आवेदन दिन इच्छुक लगानीकर्ताहरूले असार ६ गतेसम्म आवेदन दिन सक्नेछन्। यसअघि फन्डमा आवेदन दिने अन्तिम म्याद जेठ २७ गते तोकिएको थियो, तर अपेक्षाकृत आवेदन नआएकोले निष्कासन अवधि लम्बाइएको क्यापिटलले जनाएको छ।

    प्रभु क्यापिटलले यो योजना जेठ २३ गतेदेखि सर्वसाधारणका लागि इकाई बिक्री खुला गरेको हो। फन्ड अन्तर्गत प्रति इकाई रु. १० मा आवेदन दिन सकिनेछ। कुल ४ करोड इकाईमध्ये ३० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई, र अर्को ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।

    लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्ने छन्। आवेदन दिनका लागि सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर पोर्टल प्रयोग गर्न सकिनेछ।

    खुलामुखी योजना भएकाले इकाई बाँडफाँटपछि यो स्कीममा लगानीकर्ताहरूले योजना व्यवस्थापक र उसका वितरकहरू मार्फत इकाई खरिदबिक्री गर्न सक्नेछन्। प्रभु क्यापिटलका अनुसार इकाई बाँडफाँट भएको ३ महिनाभित्र वितरक नियुक्त गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij