Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक (सूचीसहित)

  • काठमाडौँ । सोमबार (कात्तिक १७) बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरू मंगलबार सार्वजनिक गरिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत हिजोको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

    बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ।

    त्यस्तै, स्विट्जरल्याण्डको जेनेभामा २०८२ मङ्सिर १ देखि ३ गतेसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। राम प्रसाद घिमिरेलाई स्वीकृति प्रदान गरिएको छ।

    साथै, बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२’ स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

    नेपाल-सरकार-मन्त्रिपरिषद्_का-२०८२-कात्तिक-१७-गतेका-निर्णयहरू_page-0001_QjBricKy2L.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij