Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

अपर हेवाखोला हाइड्रोपावरको लक-इन अवधि असार ३१ मा सकिने, सेयर कारोबार योग्य हुने

अपर हेवाखोला हाइड्रोपावरको लक-इन अवधि असार ३१ मा सकिने, सेयर कारोबार योग्य हुने

  •  

    काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको लक(इन अवधि असार ३१ गते सकिने भएको छ। उक्त मितिपछि ती समूहका लगानीकर्ताहरूले होल्ड गरेको सेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछन्।

    कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरेपछि, नियमनअनुसार संस्थापक सेयरधनी, स्थानीय बासिन्दा तथा कर्मचारीहरूको सेयर ३ वर्षको लागि लक(इन अवधिमा राखिएको थियो। अब त्यो अवधि पूरा हुन लागेकाले ३० लाख कित्ता संस्थापक सेयर, ५ लाख कित्ता स्थानीयको सेयर, र ३० हजार कित्ता कर्मचारीको सेयर बजारमा प्रवेश गर्न सक्नेछ।

    तर, कम्पनीले स्पष्ट पारेको छ कि सञ्चालक समितिका सदस्यहरू तथा कम्पनीको उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरू भने सेयर बिक्री गर्न योग्य हुने छैनन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij