Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

वैशाख मसान्तसम्म सेयर धितो कर्जा ३५ अर्ब ४२ करोड बढी

वैशाख मसान्तसम्म सेयर धितो कर्जा ३५ अर्ब ४२ करोड बढी

  • काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष १० महिनामा सेयर धितोमा ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरेका छन्।यो वर्ष वैशाखसम्म बैंकहरुको   सेयर धितो कर्जा ३९.०३ प्रतिशतले बढाएको हो । बैंकहरुको सेयर धितो कर्जा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। असार मसान्तसम्म यस्तो कर्जा ९० अर्ब ९ करोड रुपैयाँ थियो।

    ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर बजारमा आक्रामक रुपमा लगानी गरेकाले यो वृद्धि देखिएको हो । १ करोडमाथिको सेयर धितो कर्जा ५३.३ प्रतिशतले बढेको छ। १० महिनामा ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर २९ अर्ब ८० करोड ८० लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्।

    असार मसान्तसम्म ५५ अर्ब ९३ करोड रुपैयाँ रहेको १ करोडमाथिको सेयर धितो कर्जा वैशाखसम्म आइपुग्दा ८५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।यो वर्ष वैशाखसम्म ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा २ अर्ब ६२ करोड रुपैयाँले बढेर १५ अर्ब ५ करोड रुपैयाँ पुगेको देखिन्छ।

    यो रकम गत असारको तुलनामा २१.१ प्रतिशत बढी  हो। ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा गत असारसम्म १२ अर्ब ४२ करोड रुपैयाँ थियो।यसैगरी  २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १५.३ प्रतिशत र २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १०.८ प्रतिशतले बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij