Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

ट्रेड टावर लिमिटेडको आइपीओ असार १ गते बाँडफाँट, १८ लाखभन्दा बढी आवेदक हात खाली हुने

ट्रेड टावर लिमिटेडको आइपीओ असार १ गते बाँडफाँट, १८ लाखभन्दा बढी आवेदक हात खाली हुने

  •  

    काठमाडौँ । ट्रेड टावर लिमिटेडको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट यही आइतबार, असार १ गते हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार उक्त मितिमा बाँडफाँट गर्ने तयारी भए पनि बाँडफाँटको सटीक समय भने अझै तय गरिएको छैन।

    यो आइपीओ अत्यधिक मागमा परेकाले गोलाप्रथामार्फत बाँडफाँट गरिने भएको छ। कम्पनीले जारी गरेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयरका लागि २१ लाख ६९ हजार ८९१ जना लगानीकर्ताले आवेदन दिएका छन्। कुल माग ७.८२ गुणा बढी रहेकोले अधिकांश लगानीकर्ताले सेयर प्राप्त गर्ने सम्भावना छैन।

    यस बाँडफाँटमा जम्मा ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १८ लाख ४० हजार २४१ जनाको आवेदन निष्फल हुनेछ।

    ट्रेड टावर लिमिटेडले जेठ १४ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा आइपीओ निष्काशन गरेको थियो। इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको समयमै दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। यो रेटिङ २०८२ माघ ७ गतेसम्म मान्य रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij