Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

तेह्रथुम पावरको हकप्रद शेयर असार १६ गतेदेखि, १:१ अनुपातमा ४० लाख कित्ता निष्कासन हुँदै

तेह्रथुम पावरको हकप्रद शेयर असार १६ गतेदेखि, १:१ अनुपातमा ४० लाख कित्ता निष्कासन हुँदै

  •  

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले पहिले नै जेठ ५ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा जेठ ४ गतेसम्म कायम शेयरधनीहरूलाई १स्१ अनुपातमा हकप्रद शेयर प्राप्त गर्ने अधिकार प्राप्त हुनेछ।

    कम्पनीले हालको चुक्तापूँजी ४० करोड रुपैयाँको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ। यसले कम्पनीको पूँजी संरचना सुदृढ गर्न र कर्जाको आंशिक भुक्तानी गर्न मद्दत गर्ने बताइएको छ।

    शेयर निष्कासन तथा बिक्री प्रवन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ। साथै, नबिल बैंकका विभिन्न शाखाहरू ९छत्तर, म्याङलुङ, संक्रान्तिबजारे० तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाबाट पनि आवेदन दिन सकिनेछ।

    मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि सहज रूपमा आवेदन दिन सकिनेछ।

    इक्रा नेपालले कम्पनीको हकप्रद निष्कासनका लागि दिएको रेटिङ्ग रहेको छ, जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij