Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

स्काइलाइन इन्फ्रा लिमिटेडले आईपीओ जारी गर्न तयारी, हिमालय सेक्युरिटिजसँग सम्झौता

स्काइलाइन इन्फ्रा लिमिटेडले आईपीओ जारी गर्न तयारी, हिमालय सेक्युरिटिजसँग सम्झौता

  •  

    काठमाडौँ ।  स्काइलाइन इन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गर्दै हिमालय सेक्युरिटिज बैंकर लिमिटेडसँग मर्चेन्ट बैंकिङ सम्झौता गरेको छ। यस सम्झौताले कम्पनीलाई नयाँ व्यवसायिक यात्रा, पूँजी संरचना सुदृढीकरण तथा भविष्यमा हुने व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

    सम्झौतामा स्काइलाइन इन्फ्राको तर्फबाट संस्थापक तथा सञ्चालक मण्डलका सदस्यहरू राजेश अग्रवाल, सत्यनारायण केयल, सुभाष अग्रवाल, विनोद श्रेष्ठ, प्रतीक अग्रवाल (अध्यक्ष), आकृति अग्रवाल (सञ्चालक), अंकुर भंगर अग्रवाल (सञ्चालक) र सञ्जय रौनियार (प्रमुख वित्त अधिकृत) उपस्थित थिए। त्यस्तै, वडा कार्यालयका वडाअध्यक्ष सुशिल कुमार कानु, लेखापरीक्षक सिद्धान्त झुन्झुन्वाला तथा कानूनी सल्लाहकार कमलमोहन पोखरेल पनि सहभागी थिए। हिमालय सेक्युरिटिज बैंकर लिमिटेडतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले सम्झौता हस्ताक्षर गरेका थिए।

    हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर संस्था हो, जसले मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    स्काइलाइन इन्फ्रा लिमिटेड हाल सरोवर पोर्टिको ब्राण्ड अन्तर्गत चारतारे होटल सञ्चालन गरिरहेको छ। होटलले बैंक्वेट हल, अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेण्ट, स्विमिङ पुल, स्पा, क्यासिनो र क्युएफएक्स सिनेमा हललगायत सुविधा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij