
काठमाडौँ । सोमबार शेयर बजारमा नेप्से परिसूचक ४४.२५ अंक बढेर २५४७.६० बिन्दुमा पुगेको छ ।
९९ लाख ४ हजार ८ सय ७८ कित्ता शेयरको खरिद बिक्रीबाट सोमबार कुल ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५सय ४५ रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको हो ।
शेयर बजारमा ७८.८३ अंकको ठुलो गिरावटले भासिएर नेप्से परिसूचक २५०३.३५ बिन्दुमा झरेको थियो । आइतबार शेयर बजारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij