Logo

Aug 11 2025 | २०८२, साउन २६गते

Aug 11 2025 | २०८२, साउन २६गते

images

हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्दै

हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्दै

  • काठमाडौं ।हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (IPO) सार्वजनिक निष्कासन गर्ने भएको छ। कम्पनीले ३७ करोड ३० लाख रुपैयाँको जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ। यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल ९३ लाख २५ हजार रुपैयाँ बराबरको ९३ हजार २५० कित्ता शेयर उपलब्ध गराइनेछ। आवेदन दिने क्रममा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ। स्थानीय बासिन्दाहरूका लागि आईपीओ छिटोमा असार १३ गतेसम्म खुला हुनेछ भने आवश्यक परेमा असार २९ गतेसम्म लम्बिन सक्छ। विदेशमा रहेका नेपालीहरूले भने असार १३ गतेभित्र अनिवार्य रूपमा आवेदन दिनुपर्नेछ। कम्पनीले ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा ल्याइसकेको छ, जसको अनुमानित लागत १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी रहेको छ। वित्तीय दायित्व वहन गर्ने क्षमताको मूल्यांकनमा कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्यूअर डबल बी माइनस' रेटिङ प्रदान गरेको छ, जसले औसत स्तरको जोखिम संकेत गर्दछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ भने आवेदन बिक्री तथा वितरणका लागि विभिन्न स्थानीय निकाय र बैंक शाखाहरू निर्धारण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij