
काठमाडौँ । अदालतले तीनकुनेमा आवन्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले ७ जनालाई पुर्पक्ष र अन्यलाई धरौटीमा रिहा गर्न बिहीबार मध्यराति आदेश गरेका हुन् ।
अदालतले भानुभक्त पौडेलसँग १० हजार, विष्णुजंग बस्नेतसँग १ लाख, देवी प्रसाद सङ्ग्रौलासँग १० हजार, प्रेम थापा मगरसँग १० हजार, ओम प्रकाश लुइँटेलसँग १० हजार, तेजेन्द्र रायमाझीसँग १० हजार, मनबहादुर कालासँग २० हजार, निराजन कुमार गिरीसँग ५० हजार र प्रेध बहादुर श्रेष्ठसँग ५० हजार धरौटी लिएर रिहा गर्न आदेश गरेको छ । रमेश राईलाई २० हजार, दिवश बोगटी क्षेत्रीलाई १० हजार, दिलकुमार श्रेष्ठलाई १० हजार, कमलकुमार विष्टलाई २० हजार, लोकबहादुर बस्नेतलाई २० हजार र दिनेश खड्कालाई ५० हजार धरौटीमा छाड्न आदेश गरिएको छ ।
त्यस्तै अमित शाह ५० हजार, सुमन कार्की १० हजार, जितबहादुर श्रेष्ठ ५० हजार र मनोज कुमार सापकोटासँग १० हजार धरौटी लिन आदेश गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij