Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

गण्डकी प्रदेशको ३२ अर्बको बजेट सार्वजनिक, १ अर्ब ७५ करोडको घाटा आन्तरिक ऋणबाट पूर्ति हुने

गण्डकी प्रदेशको ३२ अर्बको बजेट सार्वजनिक, १ अर्ब ७५ करोडको घाटा आन्तरिक ऋणबाट पूर्ति हुने

  • पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभामा अर्थमन्त्री डा। टकराज गुरुङले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब एक अर्ब कम हो। चालु आवमा ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बजेट कार्यान्वयनमा रहेको थियो।

    नयाँ बजेटमा कुल विनियोजनमध्ये १२ अर्ब ६३ करोड ६६ लाख अर्थात् ३९।५ प्रतिशत चालु खर्चतर्फ, १९ अर्ब ९ करोड २४ लाख अर्थात् ५९.७ प्रतिशत पुँजीगत खर्चतर्फ, र २५ करोड रुपैयाँ (०.८ प्रतिशत) वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको छ।

    बजेट कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोतहरूमा संघीय सरकारबाट प्राप्त हुने ७ अर्ब ७३ करोडको वित्तीय समानीकरण अनुदान, ९ अर्ब ७९ करोडको राजस्व बाँडफाँट, ३ अर्ब ३५ करोड सशर्त अनुदान, र ५ अर्ब ४५ करोड बराबरको आन्तरिक राजस्व रहेका छन्। साथै, चालु वर्षमा खर्च नभएको २ अर्ब २४ करोड रुपैयाँ मौज्दातबाट उपयोग गरिनेछ।

    सरकारले प्रस्तुत बजेटमा १ अर्ब ७५ करोड रुपैयाँ घाटा रहेको जनाएको छ, जसलाई आन्तरिक ऋणबाट पूर्ति गरिने योजना छ। पुँजीगत खर्चको उच्च हिस्सा राखिएको यस बजेटले पूर्वाधार विकास, रोजगार सृजना, र निजी क्षेत्रको सहभागिता अभिवृद्धिमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij