Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

विमान दुर्घटनाको आठ दिनपछि पार्टी गरेको भिडियो सार्वजनिक, कर्मचारी कारबाहीको प्रक्रिया सुरु

विमान दुर्घटनाको आठ दिनपछि पार्टी गरेको भिडियो सार्वजनिक, कर्मचारी कारबाहीको प्रक्रिया सुरु

  • नयाँ दिल्ली। अहमदाबाद विमान दुर्घटनाको ८ दिनपछि पार्टी गरेको भिडियो भाइरल भएपछि एयर इन्डियाले आफ्नो ग्राउन्ड ह्यान्डलिङ भेन्चर एआईएसएटीएसका ४ कर्मचारीलाई राजीनामा दिन निर्देशन दिएको छ।

    एयर इन्डियाले शुक्रबार एक विज्ञप्तिमा भनेको छ, “हामी दुर्घटनाबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्छौं। भाइरल भिडियोमा देखिएका कर्मचारीहरूको व्यवहार हाम्रो कम्पनीको नीति विपरीत छ। त्यसैले जिम्मेवारहरू विरुद्ध कडा अनुशासनात्मक कारबाही गरिएको छ।”

    भाइरल भिडियो जुन २० मा एयर इन्डियाका कर्मचारीहरूले गुरुग्रामस्थित एआईएसएटीएस कार्यालयमा पार्टी गरेको देखिन्छ। सामाजिक सञ्जालमा यो भिडियो निकै निन्दा र आलोचनाको विषय बनेको छ। प्रयोगकर्ताहरूले एयर इन्डियाको संवेदनशीलतामाथि प्रश्न उठाएका छन्।

    अहमदाबादबाट लन्डन उडान गर्ने एयर इन्डिया १७१ विमान केही बेरमै मेडिकल होस्टेल भवनमा ठोक्किएको थियो। दुर्घटनामा २७० मध्ये २४१ यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो। दुर्घटनामा एक मात्र यात्रु बाँच्न सफल भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij