Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

विश्व बैंकको दक्षिण एसियाली नवनियुक्त उपाध्यक्षमा जुट मंगलबारदेखि  कार्यभार सम्हाल्दै

विश्व बैंकको दक्षिण एसियाली नवनियुक्त उपाध्यक्षमा जुट मंगलबारदेखि  कार्यभार सम्हाल्दै

  • काठमाडौँ । विश्व बैंकको दक्षिण एसियाली क्षेत्रका नवनियुक्त उपाध्यक्षमा योहानेस जुटले मंगलबारदेखि कार्यभार सम्हाल्न लागेका छन् । यसअघिका उपाध्यक्ष मार्टिन रेजरको स्थान जुटले मंगलबारदेखि  कार्य सम्हाल्ने भएका हुन् । जुटको नियुक्ति मंगलबारदेखि कार्यान्वयनमा आउने भएकाले मंगलबारदेखि उनले कार्यभार सम्हाल्न लागेको जनाइएको छ ।

    दक्षिण एसियाली क्षेत्रीय उपाध्यक्षको रूपमा जुटले नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकामा विश्व बैंकको नेतृत्व गर्नेछन्। ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहयोग तथा वित्तीय स्रोतहरूको पोर्टफोलियोको निरीक्षण गर्ने जिम्मेवारीका साथ जुटका नियुक्ति भएको जनाइएको छ । उनको नेतृत्वमा दक्षिण एसियामा रोजगारी सिर्जना, जलवायु तथा विपद् प्रतिरोधात्मक क्षमता, मानव पुँजी विकास र निजी पुँजी परिचालनका क्षेत्रमा सहयोगलाई निरन्तरता दिइने विश्व बैंकले जनाएको छ।

    डच नागरिक जुट सन् १९९९ मा विश्व बैंकमा आबद्ध भएका थिए। त्यसयता उनले विभिन्न जिम्मेवारीहरू सम्हालेका छन्।हालै उनी ब्राजिलका लागि विश्व बैंकका निर्देशक थिए। त्यसअघि उनी संचालन नीति तथा देश सेवा उपाध्यक्षको कार्यालयमा रणनीति, नतिजा, जोखिम र अध्ययनका निर्देशकको जिम्मेवारीमा  थिए।यसअघि उनले नेपाल, बंगलादेश र भुटानका साथै टर्कीए, कोमोरोस, इरिट्रिया, केन्या, रुवाण्डा, सेशेल्स र सोमालियाका लागि पनि देशीय निर्देशकको रूपमा काम गरिसकेका छन्।

    जुटले जनाए अनुसार दक्षिण एसियाले पछिल्ला १० वर्षमा हासिल गरेका उल्लेखनीय विकास प्रगति गरेको छ । यो नयाँ अवसर पाएर उनी उत्साहित छन् । फेरि एकपटक यस क्षेत्रका जनताको आत्मीयता र यहाँको सांस्कृतिक सम्पदालाई नजिकबाट अनुभव गर्न पाउने उनको अपेक्षा छ ।
    जुटले टोरन्टो विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर गरेका छन्। साथै हार्वर्ड विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन्। अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि पनि गरेका जुट भारतको नयाँ दिल्लीमा रहेर काम गर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij