Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच  ईभी ट्याक्सी कर्जा सुविधा सम्झौता

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच  ईभी ट्याक्सी कर्जा सुविधा सम्झौता

  • काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि बीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता भएको छ ।

    उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् । साथै  सो कर्जाको अवधि ५ वर्ष रहेको छ ।

    सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४औँ घण्टा सञ्चालनमा रहने ग्राहक  सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्बद्ध माध्यमहरु मार्फत सम्पर्क गर्न सकिने जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij