
काठमाडौँ । सरकारले चीन सरकारलाई बाढीले क्षति पु¥याएको रसुवागढी नाका पुनःसञ्चालनमा ल्याउन आग्रह गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।मंगलबार बिहान ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि बसेको परिषद्को बैठकले यस्तो निर्णय गरियो । बैठकले मितेरी पुलको पुनर्निर्माण र चीनतर्फको क्षतिग्रस्त सडक मर्मत गरी केरुङ नाका सुचारु गर्न चीनसँग कूटनीतिक समन्वय गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनबाट फर्केपछि मितेरी पुलको स्थानमा तत्काल बेलीब्रिज जडान गरेर भए पनि नाका पुनःसञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत चीनसँग समन्वय गरिने बताए । त्यसैगरी, बैठकले अवरुद्ध सडक पूर्वाधार तत्काल सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । साथै, चीनसँगका अन्य वैकल्पिक नाकाहरू सञ्चालनका लागि आवश्यक तयारी थाल्ने निर्णय पनि गरेको छ ।बाढीबाट क्षति पुगेका व्यवसायीका कन्टेनर, सवारी साधन र अन्य सामग्रीको बीमा भुक्तानी लगायतका प्रक्रियामा सहजीकरण गर्न बैठकबाट अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij