Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

'सिटिजन्स सदाबहार योजना’ मा आवेदन दिने आज अन्तिम दिन

'सिटिजन्स सदाबहार योजना’ मा आवेदन दिने आज अन्तिम दिन

  • काठमाडौं ।  सिटिजन्स क्यापिटल लिमिटेडद्वारा असार १३ गतेदेखि निष्कासनमा ल्याइएको सामूहिक लगानी कोष ‘सिटिजन्स सदाबहार योजना’ मा आवेदन दिने आज अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनु पर्नेछ।

    यो योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको खुलामुखी योजना हो, जसको कुल आकार ५० करोड रुपैयाँ बराबरको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरमा ५ करोड इकाई निष्कासन गरिरहेको छ। सोमध्ये न्यूनतम ७५ लाख इकाई वा कुल बिक्रीको १५ प्रतिशत सिटिजन्स बैंक इन्टरनेश्नललाई सुरक्षित राखिएको छ, बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि प्रथम चरणमा सार्वजनिक निष्कासनमा ल्याइएको हो।

    योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताहरूले सीआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij