Logo

Aug 22 2025 | २०८२, भदौ ६गते

Aug 22 2025 | २०८२, भदौ ६गते

images

नाइमा र नाडाले आयोजना गर्ने छुट्टा छुट्टै अटो शोले ठूला व्यवसायिक घरानाहरूको  विभाजन रेखा बाक्लो पार्ने आशंका

नाइमा र नाडाले आयोजना गर्ने छुट्टा छुट्टै अटो शोले ठूला व्यवसायिक घरानाहरूको  विभाजन रेखा बाक्लो पार्ने आशंका

  • काठमाडौँ । नाइमा र नाडाले आयोजना गर्ने छुट्टा छुट्टै अटो शोले ठूला व्यवसायिक घरानाहरूको  विभाजन रेखा बाक्लो पार्ने आशंका गरिएको छ ।नाइमाले साउन २१ गतेदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो र भदौ ३ गतेदेखि नाडाले नाडा अटो शो गर्ने भएबाट यस्तो आंशका बढेको हो ।

    नेपालको सवारी साधन बजारको इतिहासमा पहिलो पटक एकै सिजनमा दुईवटा ठूला अटो शोको आयोजना हुन लागेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटो शोलाई सीजी ग्रुप, टाटा र एमएडब्लूले साथ दिन लागेका छन्।त्यसैगरी नेपाल अटोमोबाइल इम्पोट्र्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को अटो शोलाई शारडा ग्रुप, गोल्छा अर्गनाइजेसन, साइमेक्स इंक, पद्म ज्योति ग्रुप, लक्ष्मी ग्रुप, इन्टरकन्टिनेन्टल ट्रेडिङ, वैद्य ग्रुपको युनाइटेड ट्रेडर्स, विशाल ग्रुप र अग्नि ग्रुपले साथ दिने देखिएको छ ।

    केही समय अघि मात्र नाडामा आबद्ध गाडी व्यवसायीहरूले नाइमा स्थापना गरेका हुन् । नाडा भित्र देखिएको विवाद र केही व्यवसायीको असन्तुष्टिले नाइमा स्थापित हुन गयो ।यसरी अटोमोबाइल क्षेत्रका ठूला घराना दुई खेमामा बाँडिएका हुन्।अटो शोमा ठूला घराना विभाजित हुँदा केही बान्डले भने नाइमा र नाडा दुवैले गर्ने प्रदर्शनीमा सहभागिता जनाउँदैछन्। बीवाइडी, रोयल इन्फिल्ड, डोङफेङ, कामा जस्ता ब्रान्डले दुवै अटो शोका लागि स्टल बुक गरेका छन्।नाडा र नाइमा दुवैले अटो शोलाई भव्य बनाउने दाबी गरेका छन्। दुई साताको अन्तरालमा दुई वटा अटो शो हुन लागेको सन्दर्भमा ग्राहकले छुटका धेरै अफर पाउने  विश्वास छ ।बजारमा प्रतिस्पर्धा भए उपभोक्तालाई लाभ पुग्ने अर्थशास्त्रीय बुझाइले यस्तो हुने भनिएको छ।

    नाडाको शोमा अटो क्षेत्रका कम्पनीका ७५ वटा स्टल हुनेछन्। मेड इन नेपाल पेभेलियन’ र ‘भिन्टेज कार पेभेलियन’ जस्ता नयाँ आकर्षण यसपालिको अटो शोमा देखिने नाडाले जानकारी सार्वजनिक गरेको छ।नाइमाले गर्ने शोमा भने दुई पाङ्ग्रे र चारपाङ्ग्रे सवारीका कुल ५० स्टल हुने जनाइएको छ । नाइमामा अटोमोबाइलका ठूला आयातकर्ता र एसेम्बल गर्ने व्यवसायी आवद्ध छन्।नाइमाले नयाँ प्रविधिका विद्युतीय सवारीसाधन(इभी)का साथै आईसीई इन्जिन भएका सवारीसाधनलाई पनि अटो शोमा प्राथमिकता दिन लागेको जनाइएको छ । व्यवसायीहरु अटो शोमा राख्ने गाडी भन्सारबाट छुटाउन व्यस्त भएका छन्। नाइमाको अटो शोमा पुरानासँगै नयाँ ब्रान्डको पनि प्रवेश पाउने देखिन्छ ।

    नाइमा नेपाल मोबिलिटी शोमा पुराना ब्रान्डसँगै नयाँको पनि प्रवेश हुने जनाइएको  छ ।  धेरै वर्षदेखि नाडा अटो शो सहभागिता नजनाएका टोयोटा, मित्शुबिसु, माज्दा जस्ता ब्रान्ड नाइमाले पहिलोपटक गर्न लागेको अटो शोमा सहभागी हुने छ ।यसका लागि ती गाडीका आयातकर्ताले स्टल बुकिङ गराइसकेका छन्। यस्तै केही नयाँ ब्रान्डका लागि पनि अटो व्यवसायीहरुले स्टल समेत बुक गरेका छन्। नाइमाका अनुसार नयाँ र पुराना गरी ५० वटा ब्रान्डले अटो शोमा सहभागिता जनाउने छन्।सांग्रिला मोटर्सले लिपमोटर, प्युजो र सिट्रोन, शारडा ग्रुपले निसान, जिकर र ओमोडा एण्ड जेको, वैद्य ग्रुपले टोयोटा र एथर, लक्ष्मी ग्रुपले हुन्डाई र कायी तथा फोर्थिङ ब्रान्ड राख्ने स्टल छनोट गरिसकेका छन्।

    यस्तै अग्नि ग्रुपले महिन्द्रा, इन्टरकन्टिनेन्टल ट्रेडिङले किया, साइमेक्स इंकले बीवाइडी, विशाल ग्रुपले एमजी, निओ, मज्दा र रेनो तथा दुई पाङ्ग्रेमा सुजुकी बाइक पनि राख्ने तय भएको छ।प्रिमियम स्टलका लागि एमजीले आवेदन दर्ता गराएको छ। एउटै स्थानमा मल्टिपल ब्रान्ड पनि राख्न पाइने व्यवस्था नाइमाले गरेको छ। जस्तै स्टेलान्टिस ग्रुप अन्तर्गतका सिट्रोन, प्युजो र लिपमोटर जस्ता ब्रान्ड एउटै स्टलमा पनि राख्न पाइने जनाइएको छ।नाइमाको अटो शोमा देखिने अन्य प्यासेन्जर गाडीमा जीडब्लुएम, भोल्ट्स, एलईभी वन, म्याक्सस र फक्सवागन छन्।

    गोल्छा ग्रुप अन्तर्गत हुलाश हंसराज एण्ड कम्पनीले बजाज, ट्राइम्फ र केटीएम बाइक नाइमाको अटो शोमा राखिने छ ।यसपालिको अटो शोमा होन्डाका बाइक र स्कुटर पनि देखा पर्नेछन् । पद्म ज्योति ग्रुपको स्याकार ट्रेडिङले होन्डा बाइक तथा स्कुटर राख्ने पक्का भइसकेको छ। त्रिवेणी ग्रुपले रोयल इन्फिल्ड तथा शंकर ग्रुपले टीभीएस र प्रोटोन राख्न स्टल लिइसकेका छन्।यसैगरी नाइमाको अटो शोमा देखिने अन्य दुई पाङ्ग्रेमा एम्पेयर, बेनेली, सीएफमोटो, गोगोरो, महिन्द्रा, एनआईयू, रिभोल्ट, सेगवे नाइनबुट, अल्ट्राभोइलेटी, याडिया र जिहो छन्।लाइट कमर्सियलमा चेरी वाङ्दा, डोङफेङ, फरिजोन, हावजी, कामा, क्यारी, किङलङ र सुनलङ आफ्नो अटो शोमा देख्न पाइने नाइमाले जनाएको छ।

    अर्कोतर्फ नाडा अटो शोमा तयारी पनि चलेको छ । समग्र अटोमोबाइलको इकोसिस्टम नै समेटिने भएको छ। सवारी साधनका अलावा स्पेयर पाट्र्स, इन्धन लगायत सबै कम्पोनेन्टलाई अटो शोमा प्रदर्शन गरिने तयारी भइरहेको नाडाले जनाएको छ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई सीजी ग्रुप, टाटा र एमएडब्लूले साथ दिने सुनिश्चत  भइसकेको छ। सिप्रदी ट्रेडिङले टाटा ब्रान्डको गाडीका साथै स्पेयर पाट्र्स पनि कम्पनीले राख्ने तय भएको छ।

    यस्तै सीजी होल्डिङ्सले सुजुकी गाडी र लुब्रिकेन्ट्सको स्टल राख्नेछ। सीजी ग्रुप अन्तर्गत रिडारा, अवतार, आयोन, हिरो र नेटा तथा लाइट कमर्सियलतर्फ किङलङ र केवाइसी नाडा अटो शोमा राखिने जनाइएको छ ।यस्तै एमएडब्लू ग्रुपले डिपल, नामी, सेरेस, फोटोन, सोकोन, यामाहा लगायत सवारीसाधन राख्ने योजना बनाएको छ। नाडाले भदौ ३ गतेदेखि भृकुटीमण्डपमा हुने अटो शोका लागि स्टल बाँडफाँड गरिसकेको छ।

    चार पाङग्रेतर्फ डिपल, अवतार, डोङफेङ नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, आइएडब्लू ब्रम्बी, जेवाई एयर, बिलाभल, एलएस अटो र जिङपेङ गरी १८ वटा ब्रान्डले स्टल राख्ने सुनिश्चित भएको छ।दुई पाङग्रेतर्फ हिरो, रोयल इन्फिल्ड, जोनसन र यामाहाले स्टल राख्नेछन्। लाइट कमर्सियल भेहिकलमा न्यु जोनाउ, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाइसी÷किङलङ, मोन्ट्रा, स्काईवर्थ, काइन्यु, केवाइ÷नाभीको र सुनलङ ब्रान्डका १३ वटा स्टल रहने जनाइएको छ ।नाडाले यसपटकको अटो शो अहिलेसम्मकै ठूलो अटोमोबाइल प्रदर्शनी हुने दाबी गरेको छ ।

    अटो कम्पोनेन्टमा एसियन, गल्फ, डकह्याम्स, एटीएस एल्गी, माफ्रा, म्याक्ससाइन, वेभेक्स÷कुरुमा, मासिमो नेपाल, म्याचिलिन, लिक्वी मोलि, एसटीसी राइड÷ इनर्जी, सिएट टायर, जेके÷गुड टायर, स्पाइसर, भुल्कन, आईटीआर÷एटीएफ, युएसबी÷होबी, सीवाईजी, केपीआई एण्ड कोहिनुर, मनाती, इलेक्ट्रिक भेहिकल चार्जर, टाटा ग्रिन, टोटल इनर्जी, स्टुड्स÷एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, म्याक, पीएलओ लगायतका ४० वटा स्टल रहने नाडाले जनाएको छ। नाडाको प्रदर्शनी पछि हुने भएकाले नाइमाको प्रदर्शनी भन्दा भव्य बनाउन समय पाउने पर्यवेक्षकहरूको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij