Logo

Jul 27 2025 | २०८२, साउन ११गते

Jul 27 2025 | २०८२, साउन ११गते

images

रिभर फल्स पावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

रिभर फल्स पावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

  •  

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले रिभर फल्स पावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। सेवोनले साउन ९ गते कम्पनीलाई हालको चुक्तापूँजीको आधारमा हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको हो।

    हाल रिभर फल्स पावरको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ। अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७० लाख कित्ता अर्थात् ७० करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्नेछ। यो हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी दोब्बर भई १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

    उक्त शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा प्रभु क्यापिटल लिमिटेडले लिएको छ। कम्पनीले यो पूँजी संकलनमार्फत बैंक ऋण भुक्तानी तथा वित्तीय सुदृढिकरण गर्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij