
काठमाडौं ।हिमालयन बैंक लिमिटेडले जारी गरेको एफपीओ को बाँडफाँड आज (मंगलबार) सम्पन्न भएको छ। बाँडफाँड कार्यक्रम बैंकको कमलादीस्थित कर्पोरेट कार्यालयमा बिहान सम्पन्न गरिएको हो।
बैंकले गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ शेयर निष्कासन गरेको थियो।
उक्त एफपीओमा १८ लाख २५ हजार ९२२ जना आवेदकले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन मात्र स्वीकृत भएको हो भने बाँकी आवेदन विभिन्न कारणले रद्द गरिएको छ।
मागभन्दा धेरै आवेदन परेपछि बाँडफाँड प्रक्रिया गोलाप्रथाबाट सम्पन्न गरिएको हो। बाँडफाँडअनुसार कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी रहेको ९ कित्ता शेयर भने २० कित्ता आवेदन दिने मध्ये ९ जनालाई थप १–१ कित्ता गरेर ११ कित्ताका दरले प्रदान गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij