
काठमाडौं । सनराइज ब्लुचिप फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि १९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यो फण्डले स्थापना भएदेखि पहिलो पटक लाभांश वितरणको प्रस्ताव गरेको हो।
साउन १२ गते सम्पन्न योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो, जसमा कर समेत समावेश गरिएको छ।
बन्दमुखी प्रकृतिको यो फण्ड १० वर्षे अवधिका लागिभएको हो र २०७७ साल चैत १३ गतेदेखि सञ्चालनमा आएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij