Logo

Aug 01 2025 | २०८२, साउन १६गते

Aug 01 2025 | २०८२, साउन १६गते

images

झापा इनर्जी लिमिटेडद्वारा आईपीओ निष्कासन सुरु, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित

झापा इनर्जी लिमिटेडद्वारा आईपीओ निष्कासन सुरु, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित

  • काठमाडौं । झापा इनर्जी लिमिटेडले बुधबारदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) सार्वजनिक गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्कासन थालेको हो।

    कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत, अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि छुट्याएको छ।

    • यसमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र — झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा निर्माणाधीन सौर्य आयोजना स्थल र १०० मिटर वरपरका स्थानीय बासिन्दालाई दिइनेछ।

    • बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर भने सो क्षेत्रबाहेकका शिवसताक्षी–४ का अन्य बासिन्दाहरुलाई उपलब्ध गराइनेछ।

    त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि पनि सर्वसाधारण शेयरको १० प्रतिशत, अर्थात् ५७ हजार २९ कित्ता शेयर छुट्याइएको छ। यस समूहका लागि आवेदन गर्दा नेपाल सरकारबाट स्वीकृति प्राप्त वैदेशिक रोजगारी प्रमाणित हुनुपर्नेछ।

    आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५,००० कित्तासम्म आवेदन दिन सकिनेछ।

    • आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि आवेदन अवधि छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म कायम रहनेछ।

    • वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने छिटोमा साउन १८ र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

    झापा इनर्जी लिमिटेडले सञ्चालनमा ल्याएको १० मेगावाटको सौर्य आयोजना ग्रीडमा आबद्ध भइसकेको छ। कुल अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको उक्त आयोजना प्रतिमेगावाट ८ करोड ७९ लाख लागतमा निर्माण भइरहेको छ।

    • परियोजनाको विद्युत् अनुमतिपत्रको अवधी अझै २२ वर्ष बाँकी रहेको छ।

    • इक्विटी आधारमा लगानी फिर्ताको समयावधि ९.५५ वर्ष तथा प्रोजेक्ट आधारमा ८.०६ वर्ष रहेको छ।

    • डिस्काउन्ट गरिएको अवस्थामा यो अवधि क्रमशः १३.४६ वर्ष (इक्विटी) र १५.६६ वर्ष (प्रोजेक्ट) हुनेछ।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।

    • स्थानीय बासिन्दाहरूले हिमालयन बैंकका दुधे, दमक, तथा सुरुङ्गा शाखा र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्।

    • वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij