
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकले यो ऋणपत्र गत वैशाख ७ गतेदेखि १२ गतेसम्म बिक्रीका लागि खुला गरेको थियो भने वैशाख २१ गते बाँडफाँट सम्पन्न गरिएको थियो।
कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको यो योजना ७ वर्ष अवधिको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर कायम गरिएको छ। नेप्सेमा यस ऋणपत्र “७% आरबिबिएल डिबेञ्चर २०८८” नाम र स्टक संकेत 'आरबिबिडीट'८८' बाट सूचीकृत गरिएको हो
नेप्सेले जानकारी दिएअनुसार, यी ऋणपत्रहरू साउन १५ गतेदेखि सेकेन्डरी बजारमा कारोबार गर्न सकिनेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij